arrow

समिति नबनेमा कांग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने

कांग्रेसले संसदमा फेरि दोहोर्‍यायो- गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनोस् [भिडियो]

प्रधानमन्त्रीले ठूलो माछालाई काखीमा च्यापेर सानो माछा खोजे

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
sanjay-gautam-parliament.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । .

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुगेको भन्दै यसले संशय पैदा भएको बताए । 

उनले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिएको बताए । उनले प्रधानमन्त्रीले ठुलो माछालाई काखिमा च्यापेर सानो माछा खोजेको बताए । उनले चाँडो भन्दा चाँडो संसदीय समिति बनाउन माग गरे । संसदीय छानबिन समिति नबनेमा कांग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उनले चेतावनी दिए । 

उनले भने – ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरूले एउटा संशय पैदा भएको छ कि यसको न्याय निरूपण कसरी हुन्छ ? प्रधानमन्त्रीले छानबिन गर्छु भन्ने, ठुलो माछा काखिमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुराको प्रतिबद्धता देखाएर पुग्छ सभामुख महोदय ? हामीले गम्भीर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ, संसदीय छानबिन समिति बनोस् । संसद हामीलाई आवश्यक छ । प्रमुख प्रतिपक्षको रूपमा हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसद्को ध्यानाकर्षण गराउन चाहन्छौँ । जिम्मेवार पार्टीका साथीहरूलाई पनि यसप्रति गम्भीर हुन आग्रह गर्न चाहन्छौँ । सरकार यसप्रति गम्भीर बनोस् । संसदीय समिति बनाओस् । यो कुरा चाँडो भन्दा चाँडो निष्कर्षमा पुगोस् । होइन भने यो मुद्दा बारम्बार उठाइरहने छौँ । जनताकोमा लिएर जानेछौँ । बाध्य भयौँ भने रोष्टम घेर्ने ठाउँमा पनि पुग्न सक्छौँ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ