arrow

हिन्दूराष्ट्र मुद्धाको नेतृत्व कांग्रेसले लिनुपर्छ – पुष्पा भुषाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
congress-hindu-80-12-16.jpg

काठमाडौँ । पूर्व मन्त्री, पूर्व उपसभामुख एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले सनातन हिन्दूराष्ट्र कायम राख्नु पर्छ भन्ने अभियानलाई बृहत् बहसका रुपमा लैजानु पर्ने बताएकी छिन् ।

सनातन हिन्दूराष्ट्र घोषणा महाअभियानको विशेष बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रसँग जोडिएको विषय भएकाले लोकतन्त्रको मूल्य मान्यता बोकेको कांग्रेसले यो मुद्दाको नेतृत्व लिनु पर्ने बताएकी हुन् । 

‘सनातन हिन्दूराष्ट्रसँग नेपाल राष्ट्र र नेपाली जनतासँग जोडिएकाले पार्टीभित्र खुल्ला बहस शुरु भएको हो’,, भुषालले भनिन्, ‘केन्द्रीय समितिका ४० प्रतिशतले यो एजेन्डालाई स्वीकार गरिसकेका छन् ।’

उनले अभियानलाई सातवटै प्रदेशमा संस्थागत गर्दै वैचारिक ढंगले अघि बढाउनु पर्ने अभियन्ताहरुलाई सुझाव दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ