arrow

नाउपामा २१ मध्ये १२ संस्थापक सदस्यले गरे निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
resham-ranjita-unmukti-part.jpg
तस्बिर – फाइल ।

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रको नयाँ समीकरणलाई केन्द्र र पुरानैलाई प्रदेशमा समर्थन गर्ने निर्णय गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा फरक समीकरणलाई समर्थन गर्ने निर्णय गरेको हो । 

बुधबारको बैठकमा २१ संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जना उपस्थित रहेको बताइएको छ । अध्यक्ष श्रेष्ठले पार्टीका संरक्षक एवं उनका पति रेशम चौधरी जापानमा रहेको बेला केन्द्रीय समिति बैठक बोलाएर निर्णय गरेकी हुन् । यो बैठकलाई संरक्षक चौधरी पक्षले बहिष्कार गरेको थियो । 

संरक्षक चौधरी नयाँ समीकरणमा बनेको सरकारलाई समर्थन नगर्ने पक्षमा छन् । तर अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने समयमा ह्वीप लगाएर मत दिएकी थिइन् ।

त्यस्तै नाउपाले सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको छ । संरक्षक चौधरीको निर्देशनमा नाउपाका ७ मध्ये पाँच सांसद अहिले मन्त्री बनेका छन् ।

अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन ।

केही समयअघि पार्टीमा श्रीमान् श्रीमतीबीच नै विवाद बढेपछि चौधरीले श्रीमतीलाई सम्झाउन नसकेको गुनासो पोखेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ