arrow

उन्मुक्तिमा पति–पत्नीको कलह, रेशम विदेशमा, रञ्जिताले बोलाइन् केन्द्रीय समिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
resham-ranjita-unmukti-part.jpg

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रहेको विवाद रोकिने संकेत देखिएको छैन । पत्नी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक एवं पति रेशम चौधरी विदेशमा रहेका बेला बुधबारका लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो । चौधरी हाल जापान भ्रमणमा छन् । 

संरक्षक चौधरीको उपस्थिति बिना बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले बैठक बहिस्कार गर्ने तयारी गरेका छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरुले बताएका छन् । 

पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छिन् भने प्रदेशमा पनि सोही समीकरणलाई समर्थन गर्नुपर्ने बताउँदै आएकी छिन् ।

तर संरक्षक चौधरीले भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ मध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ