arrow

नेपालको राजनीतिमा छट्टुहरू हाबी हुन थाले - गगन थापा [भिडियो]

हामीलाई गति र मति दुई वटै चाहियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
gagan-thapa-12-18.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुने थालेको बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई गति र मति दुई वटै भएको व्यक्ति चाहिने बताए । 

रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम शुरु गरेको आरोप समेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए । झुकाउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । अलपत्र यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरू चाहिएको होइन । हामीलाई धैर्यता भएको, धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन । हामीलाई गति भएको मान्छे पनि चाहियो । गति र मति दुवै भएको मान्छे चाहियो । मति छ गति छैन, गति छ, मति छैन । हामीलाई त गति र मति दुई वटै चाहियो । किनकि यो बेलामा हामीले मति पनि ठिक राख्नुपर्नेछ । हामीले आफ्नो घरभित्रको फोहोर पनि ठिक गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ, सफा गर्नुपर्नेछ । हाम्रो कतिपय ठाउँमा मति बिग्रेको छ । त्यसलाई ठिक गर्नपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ