arrow

विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति- ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
oli-new-12-08.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् ।

 अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको बताएका हुन् । 

 बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रूपमा उपयोग गर्न पाउनुपर्ने बताए । 

अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्धि नेपाल: सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई सम्बोधन गर्न चाहेको पनि बताए ।

उनले भने, ‘डेमोक्रेसी किन चाहियो भन्दा यी कुराहरूमा लागि चाहियो । डेमोक्रेसी संसद्मा सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर संसद अवरुद्ध गर्ने, च्याँठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति । त्यसो भएर राजनीतिलाई एउटा माध्यम हो । त्यही संयमका साथ राजनीतिक कार्य हामीले गर्नु पर्दछ । समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानताका लागि, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र समानताका लागि । सबैको सुरक्षा, सबैको सम्मान । यो कुरामा राजनीतिले ध्यान दिनुपर्दछ । त्यस कारण हामीले समृद्धि नेपाल: सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्रै होइन, सुरक्षा र सम्मान पनि जोडेका छौं । किनभने असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यस कारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।’

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ