arrow

रोजगारी गर्न पोर्चुगलमा रहेकी पाँचथरकी झरनाले गरिन् आत्महत्या

logo
भरत प्रधान, 
प्रकाशित २०८० चैत ७ बुधबार
jharana-chemjong-portugal-.jpeg

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएकी एक नेपाली चेलीले झुण्डिएर आत्महत्या गरेकी छिन् । पोर्चुगलको मदेइरा बस्दै आएकी पाँचथर फाल्गुनन्द गाँउपालिका–५ की २७ वर्षीया झरना चेम्जोङले झुण्डिएर आत्महत्या गरेकी हुन् । 

चेम्जोङले गत शनिबार बेलुका आफू बस्ने कोठाको डबलडेकर बेडमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको त्यहाँस्थित गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व महासचिव निराजन सुवेदीले जानकारी दिए । 

बिदाको दिन एक्लै कोठामा रहेकी उनले ढोका बन्द गरेर आत्महत्या गरेको उनले बताए । सँगै बस्ने साथीहरु कामबाट आएर राति ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेको र प्रहरी आएर ढोका खोल्दा चेम्जोङ झुण्डिएको अवस्थामा रहेको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए । 

रोजगारीका सिलसिलामा साइप्रस हुँदै पन्ध्र महिनाअघि पोर्चुगल आएकी चेम्जोङ मदेइरास्थित एक होटेलमा कार्यरत थिइन् । उनी होटेलले उपलब्ध गराएको कोठामा अन्य साथीहरुसँगै बस्दै आएकी थिइन् । 

चेम्जोङले झुण्डिएर आत्महत्या गरेको भए पनि के कारणले आत्महत्या गरेको हो भन्ने विषय भने खुलिनसकेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । 

उनको शव परीक्षणका लागि मदेइरा स्थित अस्पतालको शवगृहमा राखिएको महावाणिज्यदूत हमालले बताए । 

घटनाको विषयमा परिवारलाई जानकारी गराइसकिएको र उनको शव नेपाल पठाउने वा यहीँ अन्त्यष्टि गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

चेम्जोङकी ८ वर्षीया छोरी र श्रीमान् नेपालमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ