arrow

सहकारी प्रकरणको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
udhaya-shamsher-jabara.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले सहकारी प्रकरणहरूको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१-०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरूले अर्थतन्त्रमा समस्या ल्याएका बताएका हुन् । 

उनले सहकारीहरूलाई निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताए । उनले स्थानीय तहहरूले पूर्वाधारमा खर्च गर्न गाह्रो परिरहेको भन्दै अघिल्लो वर्षको खर्च गर्ने क्षमता हेरेर स्थानीय तहहरूलाई ५० प्रतिशत पैसा पहिल्यै दिन सके पूर्वाधारमा खर्च गर्न सजिलो हुने बताए ।

उनले भने – ‘सहकारीमा के भयो भनेर निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो हुन्छ । पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानबिन गर्नु जरुरी छ । अहिले झाँक्री पनि त्यही । बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही । छानबिन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण अहिले संसदबाटै छानबिन गर्नु जरुरी छ । स्थानीय तहको पूर्वाधारको खर्च गर्न स्थानीय तहलाई पनि गाह्रो छ । एउटा समस्या के हो भने स्थानीय तहले अन्तिम किस्ता लगभग वैशाखमा पाउने गर्छ । त्यसैले उहाँहरूलाई पैसा खर्च गर्न पनि गाह्रो छ । त्यसैले मेरो आग्रह के छ भने भेरियस् फाइनान्सियल टुल्स प्रयोग गरेर पोहोर सालको फाइनान्सियल क्यापिसिटी हेरेर पोहोर साल त्यो स्थानीय तहले कति पैसा खर्च गरेको छ, त्यसको ५० प्रतिशत पैसा चाहिँ पहिल्यै दियो भने स्थानीय तहलाई पूर्वाधारमा खर्च गर्न सजिलो हुन्छ भन्ने मलाई लागेको छ ।’

सरकारले सडक, ट्रान्समिसन लाइन, कृषि र आइटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ