arrow

जीवन चलाउनेको भिडियो आएपछि हामी सशङ्कित छौँ - जीवन परियार [भिडियो]

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
jeevan-pariyar-12-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले जीवन चलाउनेले भनेको कुरा सत्य भए त्यसबारेमा छानबिन गर्नुपर्छ कि पर्दैन भनि संसद्मा प्रश्न राखेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले जीवन चलाउनेले दिल्लीबाट एउटा सनसनीपूर्ण भिडियो र अडियो रेकर्ड सार्वजनिक भएको बताए । 

गृहमन्त्री रवि लामिछानेका प्रिय पात्रका रूपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवेश गरेका एआईजी श्याम ज्ञवालीमाथि चलाउनेले  गम्भीर आरोप लगाएका छन् । सीआईबीले व्यवसायी जीवन चलाउनेलाई भगाएको सूचना ज्ञवालीले चुहाएको बताउने उनैले करोड–करोड रुपैयाँ मागेको आरोप लगाएका छन् । 

सांसद परियारले सीआईबीकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे ? आइजीपी बनाउँदा खेरी मलाई एक करोड पैसा चाहिन्छ भनेर एउटा व्यापारीसँग मोलाहिजा गर्ने काम कसरी हुँदैछ  भनेर सोधे । 

उनले भने,' हिजो अस्ति मात्रै जीवन चलाउने नाम गरेका व्यक्तिले दिल्लीबाट एउटा सनसनीपूर्ण भिडियो र अडियो रेकर्ड सार्वजनिक भएको छ । यदि जीवन चलाउनेले भनेको कुरा सत्य हो भने हामीले त्यसबारेमा छानबिन गर्नुपर्छ कि पर्दैन ? जीवन चलाउनेले भनेको यदि सत्य हो भने सीआईबीकै पदाधिकारीहरूले ६० लाख, ३० लाख बार्गेनिङ कसरी गरे ? आइजीपी बनाउँदा खेरी मलाई एक करोड पैसा चाहिन्छ भनेर एउटा व्यापारीसँग मोलाहिजा गर्ने काम कसरी हुँदैछ ? यदि यसरी नै सीआईबीबाट अथवा अन्य अनुसन्धान गर्ने निकायबाट यसरी फरार अभियुक्तबाट दिन दहाडै होटल रेस्टुरेन्टमा बसेर मोलमोलाइ गर्न थाले जनताले न्याय पाउने अवस्था रहँदैन । जीवन चलाउनेको भिडियो आएपछि हामी सशङ्कित छौँ ।’

परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताए । उनले सहकारी पीडितहरूले आफूहरूले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरूलाई न्याय दिलाउन नसक्दा बालेन साह र हर्क साम्पाङहरुले समेत गिज्याइरहेका बताए । उनले हरेक घटनाका पीडितहरूले काठमाडौं आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित ठाउँमा नै समस्याको समाधान गर्न सक्ने अवस्था बन्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ