arrow

पुन र सुनको सम्बन्ध के हो ? [भिडियो]

तपाईँलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
rajendra-kc-12-03.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौँस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरेका हुन् ।शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुई वटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिसान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन् । 

उनले आर्थिक स्रोत स्पष्ट पार्न सभामुखले रुलिङ गर्नुपर्ने माग समेत गरे । त्यस्तै सुन तस्करहरुसँग अर्थमन्त्री वर्षमान पुनको टेलिफोन सम्पर्क भएको विवरण सार्वजनिक भएको भन्दै तस्करसँगको कुराकानीको अडियो नै संसद्मा सुनाउन माग गरे ।

उनले भने –‘उनले(गृहमन्त्री रवि लामिछाने) सहकारीबाट ४६ लाख रुपैयाँको गाडी चढ्नुभएको रहेछ । यो घोर आपत्तिजनक कुरा छ । उन सहकारी सदस्य नभएको नाताले उनले लिन मिल्दैन । सहकारी पीडितहरूलाई उनले कसरी सम्बोधन गर्नुहुन्छ ? गम्भीर आशङ्का छ । त्यसैले म भन्छु रविजी तपाई पीडक हो । पीडकले पीडितलाई न्याय दिन सक्दैन । तपाईँले यसको अनुसन्धान नहुन्जेलसम्म विश्राम गरेर बस्नुहोला । तपाई ठिक भएको अवस्थामा आउनुहोला । अहिले कुनै हालतमा तपाईँलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौँ । अहिले बजारमा पुन र सुनको कुरा आएको छ । वर्षमान पुन आज सुनसँग जोडिनु भएको छ । सुनका आरोपित कारागारमा छन् । उनले सुन तस्करसँग १९ पटक टेलिफोन वार्ता ग¥यो भनेर अखबारमा आइरहेको छ । उनले के के कुरा गरे, सुन तस्करसँग के–के छलफल भयो त्यो कुरा यो हाउसमा भ्वाइस डिटेल सुनाउन अनुरोध गर्न चाहन्छु । दश वर्ष अगाडी उन(नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिसान दरबारमा उन राज भई बक्सेको छ । म चाहन्छु त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।’

सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारीको पैसाबाट ४६ लाख रुपैयाँमा गाडी चढेको भन्दै सहकारी सदस्य नै नभएको व्यक्तिले सहकारीको पैसा चलाउनु आपत्तिजनक भएको बताए । उनले गृहमन्त्री लामिछानेलाई मन्त्री स्विकार्न आफूहरू तयार नभएको स्पष्ट पारे। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ