arrow

‘कांग्रेस नेता पौडेलको मधेश लभ’ : मधेशी नेताको नजरमा उनी मात्रै मधेश चिन्तक !

logo
प्रकाशित २०७३ मंसिर ४ शनिबार
ramchandra-ko-lov.jpeg

वीरगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशका समस्या समाधानका  लागि नेपाली कांग्रेस सक्रिय रुपमा लागि परेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्सा शाखाले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलेले मधेशका समस्या समाधान नभए सम्म संविधान कार्यान्वयन नहुने र निर्वाचन पनि हुन नसक्ने हुँदा समस्या समाधानका लागि आफुहरु लागि परेको बताए ।

मधेशको समस्या समाधानका लागि नै कांग्रेसले तराई मधेश संवाद अभियान शुरु गरेको बताउँदै आफुहरुले  मधेशी दलका स्थानीय नेताहरुसँग छलफल गरिरहेको बताए । सविधान संशोधनका लागि उठेका विषयहरु संशोधन गरेर लैजाने र संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारले सबै विषयलाई समेटेर संशोधनको तयारी गरिरहेको बताए ।

पौडेलले तराइमा पनि राम्रो वातावरण बन्दै गएको र मधेशी जनताहरु पनि सकरात्मक रुपमा अघि बढिरहेकाले सरकारप्रतिको तिक्तता पनि घट्दै गएको आफुले पाएको बताए ।
 
पौडेलले मधेशमा बस्दा अत्यन्तै रुचिपूर्ण सम्वाद र भेट भरहेको समेत पौडेलले सम्झिए । पत्रकारहरुको जिज्ञासामा नेता पौडेलले लोकमान सिंह कार्कीले बदमासी गर्दैमा पुरै संस्थालाई नै धरापमा पार्ने काम कसैबाट पनि हुनु नहुने कुरामा जोड दिँदै यस सम्बन्धमा संसदले छानबिन गर्ने बताए ।

स्थानीय निकाय जन प्रतिनिधिविहिन हुँदा भ्रष्टाचार बढेको भन्दै छिट्टै सीमांकनको पुःसंरचना गरी चैत्र मसान्तसम्म जसरी पनि स्थानीय निकायको निर्वाचन हुने र संविधानले तोकेको समय सीमाभित्र संघ र संसदको चुनाव सम्पन्न गर्नु पर्नेमा जोड दिए ।

मधेशी दलका स्थानीय नेताले भेटे
तराई मधेशको यात्रामा रहेका वरिष्ठ नेता पौडेललाई पर्सा जिल्लामा आन्दोलनरत मधेशीवादी दलका जिल्ला स्तरीय नेताहरुले भेटेका छन् । भेटमा संविधान संसोधनमा समेटनु पर्ने विषयबार छलफल भएको बताइएको छ ।

पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीका अनुसार मधेशवादी नेताहरुले नेता पौडेललाई संविधान संसोधन गरेर चाँडै तराई मधेशको समस्या समाधान गर्नका लागि आग्रह गरे । उनीहरुले पहाडमा बस्ने नेपालीको दाँजोमा बढी राष्ट्रियताको भावना भएको भन्दै मधेशमा बस्ने नेपालीको राष्ट्रियतामा केही राजनीतिक दलले प्रश्न उठाएको भन्दै गुनासो समेत गरे ।

उनीहरुले नेपाल भारत सीमामा आफुहरुले भारतीय सुरक्षाबलसँग लडाई गरेको स्मरण समेत गराए । भेटमा मधेशी नेताहरुले आफुहरुले मधेशमा आउने ठूला पार्टीका नेताहरु मध्ये कांग्रेस नेता रामचन्द्र पौडेललाई मात्र भेटेको भन्दै तराई मधेशको समस्या समाधान गर्ने आशामा आफुहरु आएको बताए ।

उनीहरु ठूला पार्टीका सबै नेता भन्दा पौडेलसँग मधेशको समस्या समाधान गर्ने चिन्तन भएको आशाले भेट्न आएको भन्दै समस्या समाधानको अग्रसरता लिन समेत आग्रह गरेको बताइएको छ ।


पौडेलसँगको भेटमा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, संघीय समाजवादी फोरम पर्साका जिल्ला अध्यक्ष प्रदीप यादव, तराई मधेश लोकतान्त्रीक पार्टीका मोहम्मद सालउद्दीन, लगायतका नेताहरु सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ