arrow

नेमकिपाले प्रचण्डलाई विश्वासको मत नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
nemakipa-party.jpg
तस्बिर – फाइल ।

भक्तपुर । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी सचिवालको वैठकले बुधबार संसदमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालमाथि हुने विश्वासको मतमा विश्वासको मत नदिने निर्णय भएको हो । 

बैठकपछि पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालद्वारा जारी प्रेस विज्ञप्तिमा व्यक्ति भन्दा पनि पार्टी नीतिलाई हेर्ने भएकोले प्रधानमन्त्रीको विश्वासको मतदानमा विपक्षीमा मतदान गर्ने उल्लेख छ । 

प्रधानमन्त्रीमाथिको विश्वासका मत दिने निर्णय भएका पार्टीहरु र नेकपा माओवादी केन्द्रकोवीचमा नीतिगत रुपमा खासै भिन्नता नभएको विज्ञप्तिमा जनाइएको छ ।

नेमकिपा हालसम्म कुनै पनि दलको सरकारमा सामेल भएको छैन । सरकारमा गएका पार्टीहरुलाई उसले नीति तथा कार्यक्रमको आधारमा समर्थन र विरोध गर्नै काम गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ