arrow

प्रचण्डलाई विश्वासको मत दिने विषयमा नाउपको विवाद उत्कर्षमा, पति–पत्नीबीच टकराव

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
nagarik-unmukti-party.jpg
तस्बिर – फाइल ।

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ।

पार्टी अध्यक्ष एवं संसदीय दलकी नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छिन् भने पार्टीका संस्थापकहरुको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ।’

यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी संघीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन् ।

उनले विज्ञप्तिमा दुई तिहाई संस्थापक केन्द्रीय सदस्यले संघीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसले नागरिक उन्मुक्तिको विवाद पार्टीका संस्थापक रेशम चौधरी र उनकी पत्नी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको कटराव भएको देखाउँछ । 

२०७२ सालको भदौमा भएको टीकापुर घटनाका दोषी चौधरीलाई जिल्ला, उच्च र सर्वोच्च अदालतले नै दोषी ठहर गरी जन्मकैदको सजाय गरी केन्द्रीय कारागार डिल्लीबजारमा सजाय काटिरहेकामा सरकारले आममाफी दिएको थियो । 

उनी जेलमै छँदा पार्टी बनाएका थिए । तर अहिले आएर उनले रञ्जितालाई पछाडि छाडेर आफू अध्यक्ष बने पनि निर्वाचन आयोगले उनी आयोग्य भएको निर्णय गरेपछि रञ्जिता नै अध्यक्ष छिन् । 

रेशम र रञ्जिताबीच टकरावको स्थितिले पार्टीलाई असर गरेको बताइन्छ । प्रचण्डले विश्वासको मत लिइरहँदा नाउपाले के गर्ला भन्ने चासो सबैमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ