arrow

उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार बैठकले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ । 

यसैगरी वन तथा वातावरणमन्त्री र स्वास्थ्य राज्यमन्त्री टुङ्गो लगाउने जिम्मा बैठकले पार्टी अध्यक्ष यादवलाई दिएको बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ