- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नयाँ गठबन्धनमा पद बाँडफाँटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलको बैठक जारी रहेको छ । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक चलिरहेको हो ।
बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुनेहरुको नामावलीबारे छलफल गरिएको छ । आजै एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेका छन् ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागेका छन् । बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् ।
त्यस्तै माओवादीबाट प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र वर्षमान पुन रहेका छन् । रास्वपाबाट सभापति रवि लामिछाने रहेका छन् ।
लामिछाने पुनः गृहमन्त्री हुने गरी र वर्षमान अर्थमन्त्री हुने गरी सरकारमा जान लागेको बताइन्छ । एमालेबाट पदम गिरी सानो आकारको मन्त्रिमण्डलमा सहभागी हुने बताइएको छ ।