arrow

केपी, शंकर, नारायणकाजी, वर्षमान, उपेन्द्र र रविबीच गठबन्धनको खाका 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
oli-upendra-yadav.png
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेससँग गठबन्धन गरेर संघीय संसदको निर्वाचनमा ३२ सीट हासिल गरेको माओवादी केन्द्रले निर्वाचनपछि एमालेलाई साथ लिएर सरकार बनाएको थियो । 

२०७९ पुस १० गते एमालेको काँधमा टेकेर प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले एक वर्षअघि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने गरी कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धन बनाउन सफल भएका थिए । 

त्यतिबेला कांग्रेस नेकपा एसलगायतका दलहरुले वाम लोकतान्त्रिक गठबन्धनमा आएको भन्दै सरकारमा प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गरेका थिए ।  

अहिले भने गठबन्धन धरापमा परेको चर्चा छ । त्यतिमात्र होइन सरकार सञ्चालनमा अविश्वास चलिरहेको बेला बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र विपक्षी एमालेका नेता केपी शर्मा ओलीबीच भएको भेटघाटले कांग्रेस लगायतका सहयात्री दलहरुलाई झस्काएको छ । 

त्यतिमात्र होइन आइतबार दिउँसो नै अघिल्लो गठबन्धन बनाउने पात्रहरुबीच तीन घण्टासम्म सघन छलफल भएको विषयले मध्यरातमा झन् चर्चा पाएको छ । 

स्रोतका अनुसार रास्वपाका सभापति रवि लामिछानेसहितको एउटा टुकडीले एमाले अध्यक्ष ओलीलाई बालुवाटार पुर्याएको थियो । 

उता एमाले अध्यक्ष ओली, एमाले महासचिव शंकर पोखरेल, माओवादी उपमहासचिव वर्षमान पुन, वरिष्ठ उपाध्यक्ष नारायणकाजी  श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादव र लामिछाने सहभागी भएर आगामी गठबन्धनको एउटा खाका बनाएकोसमेत आइतबार राति चर्चा भएको छ । 

एमाले अध्यक्षसहितको बालुवाटर बैठक सकिएपछि एमाले नेताहरु आइतबार राति अबेर बालकोटमा भेला भएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित भेला भएका नेताहरुबीच सत्ता गठबन्धनमा देखिएको समस्या र टीआरसी विधेयकबारे छलफल गरेको थियो । 

एमाले नेताहरुबीच छलफल चलिरहेको बेला माओवादीको एउटा टोली बालकोट पुगेको पनि स्रोतको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ