arrow

कांग्रेसका मन्त्रीहरुलाई कुनै पनि बेला राजीनामा दिन तयार रहन देउवाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
sherbahadur-deuba-2080-04-10.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई राजीनामा दिन तयार भएर बस्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको मन्त्रिमण्डल फेर्ने तयारी गरिरहँदा देउवाले आफ्नो पार्टीका मन्त्रीहरुलाई राजीनामा दिने मनस्थिति बनाएर बस्न निर्देशन दिएका हुन् । 

देउवा निवास बूढानीलकण्ठ पुगेका सबै मन्त्रीहरुलाई अहिलेको राजनीतिक परिस्थितिबारे चर्चा गर्दै देउवाले राजीनामाको मनस्थिति बनाएर बस्न निर्देशन दिएका हुन् । 

यो निर्देशन सँगसँगै मन्त्रीहरुले सभापति देउवासँग लामो गम्भीर छलफल गरेका छन् । 

उनीहरुले प्रधानमन्त्री प्रचण्डले पटक पटक कुरा फेर्दै आफू अनुकूल माहोल बनाउन थालेपछि कांग्रेसका मन्त्रीहरु सशंकित हुँदै गठबन्धनबारे सोच्न देउवासँग आग्रह गरेका छन् । 

प्रचण्डले कहिले हालको गठबन्धनलाई पाँच वर्षसम्म लैजाने पनि भन्ने तर साइडमा नेकपा एमालेसँग पनि उत्तिकै निरन्तर छलफल गरी कांग्रेसलाई जतिसक्यो पेल्ने नीति लिएपछि कांग्रेसका मन्त्रीहरु झस्किएका हुन् । 

सरकार सञ्चालनका विषयमा पटक पटक मतभेद भएपछि मन्त्रीहरुले सभापतिलाई यसबारे गम्भीर ब्रिफिङसमेत गरेका हुन् । 

एक मन्त्रीका अनुसार सभापति देउवासँग गठबन्धन तोडिन सक्नेसम्मको छनक पाएकोसमेत जानकारी गराएका छन् । 

गठबन्धन नटुक्रने भए सामूहिक राजीनामा दिन पनि तयार रहेको बताएका उनले पछिल्लो समय प्रचण्डको गतिविधि आफूहरुको राजीनामाबाट रोकिने अवस्था नहुने देखिएकाले सभापतिसँग गम्भीर छलफल गरेको बताए । 

प्रचण्डले अर्थमन्त्रीसँग पटक पटक असहमति भएको चर्चा गर्ने गरेको र मन्त्री मोहनबहादुर बस्नेत झण्डावाल गाडी लिएरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको बारेसमेत असन्तुष्टि जनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ