arrow

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अबाकस’ : सांसद बडू

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
badu.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप नै ‘अबाकस’ भएको बताएका छन् । 

बालविकास एनसिमास प्रालिद्वारा आयोजित राष्ट्रव्यापी अवाकस प्रतियोगिता कार्यक्रममा उनले परम्परागत गुरुकुल शिक्षा पद्धतिको वैज्ञानिक स्वरुपको पठनपाठन विधि अहिले प्रयोगमा रहेको ‘अबाकस’ विधि रहेको दाबी गरे ।

‘अबाकस’ भनेको एक मेकानिकल यन्त्र हो जसलाई अङ्कगणितीय गणनामा प्रयोग गरिन्छ । सांसद बडूले बालबालिकाको मस्तिष्कको विकास गर्न विद्यालयले अनुसन्धानात्मक तरिकाबाट पठनपाठन गरिनुपर्नेमा जोड दिए ।

उनले भने, “विद्यालयमा अवाकसलाई अतिरिक्त कार्यक्रममा राखेमा विद्यार्थी धेरै चाँडो सिक्न सक्ने हुन्छन् । अवाकस विधि सिकेमा हरेक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सजिलो हुन सक्छ ।”

बालविकास एनसिमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले बालबालिकाको क्षमता वृद्धिका लागि गणितीय प्रतियोगिता ‘अबाकस’ महत्वपूर्ण हुने बताए ।

उनले प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाका लागि ‘अबाकस’ अनिवार्य हुनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ