arrow

बालेनलाई सांसद साहको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
kirankumar-sah-samsad1.jpg

काठमाडौँ । संघीय सांसद किरनकुमार साहले काठमाडौँ महानगरका प्रमुख वालेन्द्र साह (बालेन) ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन् ।

काठमाडौँस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् । महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादतीविरुद्ध आइतबार कवाड व्यवसायीहरुले दोश्रो दिन सडकमा प्रदर्शन गरेका छन् ।

महानगरको हस्तक्षेविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिना रोकतोक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न  सरकारसंँग माग पनि गरे । 

उनले बालेनले गरेको हर्कत बन्द गर्न  सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले  एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए ।

‘कवाड व्यवसायीहरु वर्षौंदेखि काठमाडौँमा रहेर व्यापार गर्दै आएका छन् । तर महानगर प्रमुख बालेन अदालत र नेपालको कानूनभन्दा माथि छैनन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तपाईंहरुको साथमा छ’, उनले भने, ‘बालेनजी तपाईं जुन उद्योगी, ब्यवसायी, श्रमजीवीको अधिकार खोस्न लागि पर्नु भएको छ।  कहीं तपाईलाई काठमाडौँ छोड्न नपरोस् ।’

कवाड व्यवसायीको माग बालेनले नभएर काठमाडौँ महागरपालिकाकाले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । सांसद किरण कुमार साहले काठमाडौंलाई सुन्दर सफा र स्वच्छ बनाउन कवाड व्यवसायीको ठूलो भूमिका रहेको चर्चा गर्दै उपत्यकाबाट दैनिक ७० ट्रक कवाड बाहिर जाने गरेको बताए ।

आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले पनि कवाड व्यवसायीको अधिकारको लागि आवाज उठाए ।

काठमाडौँ महानगरालिकाकाले कवाडी हरुलाई व्यवसाय बन्द गर्न सूचना जारी गरेपछि उनीहरु आन्दोलित भएका छन्। कावाडीहरुको आन्दोलनलाई आमजनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले समर्थन जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ