arrow

भाइ र बुहारीलाई जिम्मेवारी दिने प्रचण्डविरुद्ध खोले जनार्दनले फायर [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
prachanda-janardan-sharma.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध फायर खोलेका छन् । पार्टीको कार्यविभाजनको निर्णयप्रति उनले लिखित रुपमा असहमति जनाएका छन् ।

प्रचण्डले भाइ नारायणलाई बागमती प्रदेश सहइन्चार्ज तथा बुहारी विना मगरलाई सुदूरपश्चिमको सहइन्चार्ज बनाएपछि जनार्दनले असन्तुष्टि पोखेका हुन् । 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा उनले असहमति पत्र बुझाएका हुन् । जनार्दनको असहमति पत्रमा ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ’ भनिएको छ । 

 राष्ट्रिय सभा सदस्य रहेका नारायण प्रचण्डका भाइ हुन् । त्यस्तै स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरी विकल्प नदिई अपमानित गरिएको र सो प्रदेशमा हाललाई विना मगरलाई सहइन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपयलाई पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भीर रहेको नेता जनार्दनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ