arrow

एम्बुलेन्समा राखिएको २७३ किलो गाँजा सशस्त्रद्वारा नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
ambulance-gaja-sunsari.jpg

सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल  नं. ४ गण हेडक्वार्टर सुनसरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सशस्त्रले एम्बुलेन्सबाट २७३.१३० किलोग्राम गाँजा बरामद गरेको हो ।  

बिहान २:३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सप्रनि बिगबहादुर गोलेको कमाण्डमा खटिएको टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराबाट सुर्यकुण्डतर्फ जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकिराखेको भारतीय सरकारबाट उपहारमा पाएको लेखिएको को १ च २९३७ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा  ९ वटा पोकामा लुकाई छिकाई राखेको अवस्थामा गाँजा फेला पारेको हो ।

उक्त बरामद एम्बुलेन्स र गाँजा थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति समेनन्द बज्राचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ