arrow

कांग्रेस महासमितिमा उठेका सुझावहरु प्रस्तुत गर्दै प्रदेश सभापतिहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
congress-2080-11-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन महासमितिको समूहगत छलफलमा उठेका सुझावहरुलाई प्रदेश सभापतिहरुले महासमिति बैठकमा प्रस्तुत गर्ने क्रम चलिरहेको छ । 

ललितपुरको गोदावरीमा सोमबारदेखि जारी महासमिति बैठकको चौथो दिन बन्द सत्रमा महासमिति बैठकमा उठेका सुझावहरुलाई केन्द्रीय पदाधिकारीहरु सहितको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रम शुरु भएको हो । 

मंगलबार उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्‍वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमाथि बुधबार दिनभरि महासमिति सदस्यहरुले चार समूहमा रहेर समूहगत छलफल गरेका हुन् । 

महासमिति सदस्यहरुले गठबन्धनको विषय, सामाजिक तथा आर्थिक मुद्दाहरु, शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयमा नेपाली कांग्रेसले विशेष पहल गर्नुपर्ने सुझावहरु प्रस्तुत गरेका थिए ।  

महासमिति बैठकको समापन पनि बिहीबारै गरिने कांग्रेसका महासमिति बैठकका प्रचार प्रसार संयोजक मीनबहादुर विश्‍वकर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ