arrow

कांग्रेस नेता गुरुङलाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
aasu gurung.jpg

पोखरा । नेपाली कांग्रेस युवा नेता एवं ताङतिङ समाज यूकेका अध्यक्ष तर्कजङ गुरुङलाई मातृशोक परेको छ । उनकी आमा आशु गुरुङको ९० वर्षको उमेरमा निधन भएको हो ।

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ निवासी गुरुङको सोमबार बेलायतको अल्डरसोट, हेमसेरमा निधन भएको हो ।

स्व. गुरुङको गुरूड धार्मिक परम्परा अनुसार बेलायतमा नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतको भनाइ उद्धृत गर्दै नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।

उनका छोरा तर्कजंग नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, नेपाली जनसम्पर्क समिति बेलायतका निवर्तमान उपसभापति पनि हुन् ।

आशुका पति नन्दजंग गुरुङको यसअघि नै निधन भइसकेको छ । नन्दजंग तत्कालीन नमार्जुंग गाविसका पूर्व प्रधानपञ्च, पूर्व सांसद, सामाजिक, शैक्षिक, धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए ।

यसैबीच नेपाली कांग्रेस कास्कीले कांग्र्रेस युवा नेता तर्कजंग गुरुङकी ममतामयी माताको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिव भानुभक्त ढकालले आशु गुरुङको निधनले कास्की कांग्रेस स्तव्ध र मर्माहत भएको उल्लेख बताए ।

उनले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै आशुको परिवारले कास्कीको राजनीतिक र सामाजिक क्षेत्रमा खेलेको भूमिका चिरस्मरणीय रहने उल्लेख गरे ।

यस्तै, गुरुङको निधनप्रति ताङतिङ पोखरा सिन्कु र्‍हों कोन्मै परिवारले पनि दुःख व्यक्त गरेको छ । परिवारका अध्यक्ष देवीजंग गुरुङले शोक विज्ञप्ति जारी गर्दै परिवारनमा समवेदना प्रकट गरेका छन् ।

गुरुङको निधनमा काठमाडौं सेचेन गुम्बा, बौद्ध काठमाडौं, बौद्धबिहार बानेश्वर, पोखरा रामघाट गुम्बा, ताङतिङ गुम्बा, अल्डरसोट गुम्बा गरी ५ स्थानमा ४९औं दिनसम्म नियमित पूजा हुने बताइएको छ ।

यता, ताङतिङ समाज यूके अध्यक्ष तर्कजंग गुरुङकी माताको निधनप्रति दुःख व्यक्त गर्दै गुरुङ धार्मिक परम्परा अनुसार गरिने विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ