arrow

सभापति देउवाले गरे मिडिया सेन्टरको निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
congress-mahasamiti-media-2.jpg

गोदावरी । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले महासमिति बैठकस्थलमा निर्माण गरिएको मिडिया सेन्टर निरीक्षण गरेका छन् । 

गोदावरी हलसँगै स्थापना गरिएको मिडिया सेन्टरको बुधबार बिहान सभापति देउवाले निरीक्षण गरेका हुन् । मिडिया सेन्टरको निरीक्षण गर्दै उनले महासमिति बैठकको समाचार सम्प्रेषणको प्रभावकारीतामा ध्यान दिन आग्रह गरे । 

उनले भने,  ‘पत्रकार ज्यूहरुले स्वतन्त्रपूर्वक देशकै ठूलो पार्टीको महासमिति बैठकका समाचारहरु सम्पे्रषण गरेर हामीलाई आवश्यक सुझाव दिँदै गर्नुहोला ।’

मिडिया सेन्टरसहित सभापति देउवाले सूचना केन्द्र, स्वास्थ्य शिविर र भोजन व्यवस्थापन लगायतका व्यवस्थापनका विषयमा जानकारी लिए । साथै उनले व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ