arrow

कांग्रेस महासमिति बैठक

‘सनातन हिन्दू राष्ट्र नेपाल’ अभियानमा अहिलेसम्म शशांकसहित चार सयको हस्ताक्षर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
congress-mahasamiti-2080-11.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् महासमिति सदस्य पुष्पकुमार शाहीले सनातन हिन्दू धर्मलाई कांग्रेसले महासमिति बैठकमा आफ्नो आधिकारिक अजेण्डा बनाउनुपर्ने बताएका छन्।

२०७२ सालको संविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेकोमा संविधानको उक्त धारा सच्याउनु पर्ने शाहीले बताए। ‘कांग्रेसले सनातम धर्मलाई आत्मसात् गर्नु लोकतन्त्र, राष्ट्र र जनताको पक्षमा हुन्छ। त्यसैले मुलुकमा हिन्दु राष्ट्र कांग्रेस दृढ हुनुपर्छ’, उनले भने ।

हिन्दू धर्ममा भएका कतिपय पारम्परिक कुरालाई छोडेर परिस्कृत गर्दै नेपाललाई हिन्दू धर्म कायम गर्नुपर्ने शाहीको माग छ। हिन्दू धर्ममात्र नभएर संस्कार पनि भएको शाहीले बताए। संस्कारले पहिचान झल्काउने भएकाले पहिचानका लागि पनि हिन्दू धर्म अपरिहार्य रहेको उनले औँल्याए ।

सनातन हिन्दू राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महासमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन्। महासमिति बैठक चलिरहेको ललितपुरको गोदावरीमा स्टल नै बनाएर उनीहरूले हस्ताक्षर अभियान चलाएका हुन्। ‘सनातन हिन्दू राष्ट्र नेपाल’ अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन्। २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन्।

त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ