arrow

कांग्रेस महासमिति बैठक

वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमितिले पारित गर्नुपर्छ : उपसभापति गुरुङ

मुसाले धेरै बच्चा जन्माउँछ, हात्तीले एउटा जन्माउँछ तर, त्यही शक्तिशाली हुन्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
dhanraj-gurung-11-07.jpg

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्री सम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने बताएका छन् ।

ललितपुरको गोदावरीमा आजबाट सुरू भएको महासमिति बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । साथै उनले पदाधिकारीले गरेका गल्तीहरूलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए 

। यस्तै पार्टीको साङ्गठनिक संरचना सुधार गर्ने महासमितिले अधिकार राख्ने उनले भने, “भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ । मुसाले धेरै बच्चा जन्माउँछ । हात्तीले एउटा जन्माउँछ तर, त्यही शक्तिशाली हुन्छ ।”

कांग्रेसमा फेदामा बस्नेले दुख गर्ने टुप्पोमा बस्नेले मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए । 

“हामी एक ठाउँमा उभिएर आर्थिक सुशासन कायम गर्नुपर्ने छ । यो हुन नसक्नु भनेको भ्रष्टाचार मौलाउनु हो । जबसम्म भुईँमा भएकालाई टुप्पोमा पुराउन सकिँदैन तबसम्म केही गर्न सकिँदैन,” उनले भने ।

उपसभापति गुरुङले आर्थिक, सामाजिक, अन्तर्राष्ट्रिय लगायत नीतिहरू बैठकमा प्रस्तुत हुने भन्दै आर्थिक नीति प्रजातन्त्र समाजवाद हुनुपर्ने र झुपडी र महलमा बस्नेलाई जोड्ने भनेको प्रजातान्त्रिक समाजवादले नै भएको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ