arrow

कांग्रेस महासमिति बैठक

संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको :  सहमहामन्त्री डिना

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
congress-mahasamiti-meet-2080-11-07-.jpg

ललितपुर । नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले जनताको बिचमा गएर काम गर्ने नीति बनाउनुपर्ने बताएकी छन् ।  

सोमबारबाट जारी पार्टीको महासमिति बैठकमा पार्टीको तर्फबाट स्वागत मन्तव्य राख्दै उनले संविधान कार्यान्वयनको जिम्मेवारी र अभिभारा कांग्रेसको भएको उनले बताइन् ।

 उनले कांग्रेसको नीति उत्कृष्ट बनाउने र अबको नीतिले मुलुकको पुनः परिवर्तन र जनताको विकास गर्छ भन्ने अठोट नीति महाधिवेशनको हुनुपर्ने धारणा उनको थियो ।

“हाम्रो गौरवशाली इतिहासलाई स्मरण गर्दै हामीले ल्याएको परिवर्तनलाई कार्यान्वयन गर्ने जिम्मेवारीको बाटोमा पार्टी छ । हामीले प्रस्ताव पनि यहाँ ल्याएको अवस्था छ । यसलाई गहन जिम्मेवारी र दायित्वका साथ पास गर्नुपर्छ,” उनले भनिन् ।

सहमहामन्त्री उपाध्यायले मुलुकलाई अब कता लाने भन्ने अभिभार पनि नीति अधिवेशनको भएको जिकिर गरिन् ।

“जनताको विश्वास कांग्रेसमा छ जनतले भनेका छन् संविधानमा दिएका अधिकार कांग्रेसले कार्यान्वयन गराउने छ ।  हामी स्थानीय तहमा हाम्रँे पार्टी ठूलो छ प्रदेशमा ठुलो पाटीको स्थापित छ केन्द्रमा त्यसैले जनताले भनेका छन् कांग्रेसले मुलुकको अगुवाइ गर्नुपर्छ । जनताको जिवन पद्धतिको विकासलाई नेपाली कांग्रेसले हेर्नुपर्छ जनताले भनेका छन्,,” उनले थपिन् ।

पार्टीमा न्याय नपाएको आवाज बढेको भन्दै उनले न्याय पाउने र न्याय दिने वातावरण बनाउन महासमिति बैठकले नीति अवलम्बन गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।

“यो मेरो पनि आवाज हो । हाम्रो अपनत्वमा बनेको संविधानको रक्षा जनआन्दोलनको मर्म र भावनालाई बोकेर अघि बढ्नुपर्छ । अन्याय भयो भन्नेलाई अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा सबै जुटौँ,” उनले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ