arrow

कांग्रेसमा किचलो

रुखमा भोट हाल्न लगाउने मुद्दा सभापति र महामन्त्रीबीच थप पेचिलो बन्दै, महामन्त्री कुनै पनि हालतमा पछि नहट्ने संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
deuba-gagan-thapa-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक शुरु हुदै गर्दा समेत महामन्त्री गगन थापाले प्रस्तुत गरेको साङ्गठनिक प्रस्ताव अझै टुङ्गो लाग्न सकेको छैन । महामन्त्री थापाको साङ्गठनिक प्रस्तावमा सभापति शेरबहादुर देउवा र उनी निकटको टिमले आपत्ति जनाउँदै आएपछि महासमिति बैठकमा साङ्गठनिक प्रस्ताव प्रस्तुत हुने कुरामा अन्योल बढेको हो ।

आइतबार दिनभरी महामन्त्रीको साङ्गठनिक प्रस्तावमाथि  सहमति जुटाउने प्रयास गरे पनि यसमा सहमति हुन नसकेपछि सोमबार बिहान फेरि बैठक बसेको थियो । तर सोमबार बिहान सभापतिसँग बसेको बैठकमा समेत सभापति देउवा महामन्त्री थापाले गरेको प्रस्तावलाई लिएर सकारात्मक हुन नसकेपछि महामन्त्री थापा पनि आफ्नो अडानबाट बिचलित भएनन् । 

खागगरि नेपाली कांग्रेसका मतदाता र शुभेच्छुकहरूलाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने वातावरण बनाउने गरि 'प्री पोल एलाइन्स' नगर्ने सन्दर्भमा महामन्त्री थापाले राखेको प्रस्ताव उपर सभापति देउवा र उनको टिम सकारात्मक हुन सकेको छैन । यसै प्रस्तावलाई संशोधन गरेर प्रतिवेदनबाट हटाउन देउवाले दबाब बढाए पनि दबाब उपर महामन्त्री थापा पनि टसमस भएका छैनन् । र उनी पनि आफ्नो अडानबाट तलमाथि नहुँदा आइतबारबाट महासमिति सदस्यलाई वितरण गर्ने भनिएको प्रस्ताव अहिलेसम्म प्रेसमा जान सकेको छैन । 

सोमबार बुढानीलकण्ठमा सभापतिसँग बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि महासमिति बैठकको उद्घाटन सत्रपछि फेरि यस विषयमा छलफल गर्ने भनिए पनि खासगरि सभापति देउवा 'प्री पोल एलाइन्स' को विषय उल्लेख नै नगर्ने अडानमा रहेका छन् । भने महामन्त्री थापा 'प्री पोल एलाइन्स' नगर्ने विषय प्रतिवेदनबाट नहट्ने अडानमा रहेपछि अहिले सहमति हुन नसकेको हो । यसले सोमबारबाट शुरु हुने महासमिति बैठक थप तीव्र ध्रुवीकरणतर्फ लानेछ भन्ने संकेत पनि देखिएको छ । 

सभापति देउवाले महामन्त्री थापालाई आफुले भनेको कुरा समेटेर निर्वाचन अघि गठबन्धन गर्ने कुरा हटाएर अहिलेको सरकारसँग विश्वासको वातावरण बनाइ राख्ने कुरा गरेका थिए । त्यसको जवाफमा महामन्त्री थापाले अहिलेको सरकारसँगको विश्वासको वातावरण बनाउने कुरालाई र अहिलेको सरकारलाई निरन्तरता दिने कुरामा कुनै कम्प्रमाइज नगर्ने तर आगामी दिनमा निर्वाचन अघि गठबन्धन नगर्ने कुराको सुनिश्चितता खोजेका थिए । तर सभापति देउवाले अहिले सो कुरा समेट्दा अहिलेको गठबन्धन शंकामा रहेको आशय देखिन सक्ने र गठबन्धनको दल नेकपा माओवादी केन्द्र रिसाउन सक्ने भन्दै हटाउन दबाब दिए पनि महामन्त्री त्यसमा सहमत हुन सकेका छैनन् ।  


महामन्त्री थापाले अहिलेको 'प्री पोल एलाइन्स'को सन्दर्भमा पार्टीले अहिले कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकलाई कांग्रेसको चुनाव चिन्ह रुखमा मत हाल्ने वातावरण बनाउने कुरालाई यो महासमितिले आश्वस्त पार्न नसक्ने हो र 'प्री पोल एलाइन्स'को बारेमा उल्लेख गर्न नसक्ने हो भने अहिलेको गठबन्धन प्रति पनि प्रतिबद्ध हुनुपर्ने कुनै आधार नभएको भनेर सभापति देउवामाथि दबाब बढाएका छन् । 


तर सभापति देउवाले यो विषयलाई लिएर सम्झौता गर्न नचाहेका कारण गठबन्धनमा रहेको माओवादी नेतृत्वलाई नै खुशी पार्न खोजेको कुराले महासमिति बैठक थप पेचिलो बनेको छ । यसका कारण पार्टीको महासमिति बैठक पनि सौहार्दतापूर्ण रूपमा सम्पन्न हुने कुरामा समेत आशङ्का गरिएको छ । 

महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा सभापति र सभापतिको टिमले चासो सम्बोधन गर्ने हो भने आफ्नो प्रतिवेदनमा रहेको कुरालाई यथावत् राखी सभापतिका तर्फबाट यो कुरा आएको भनि उल्लेख गराउन खोजेका छन् । तर सभापतिले त्यसो नगरी महामन्त्रीका तर्फबाट राखिएका विषयहरू हटाएर आफ्नो मात्र कुरा राख्न खोजेका छन् । तर उनले त्यो कुरालाई महामन्त्रीको हैसियतमा स्विकार्न नसकिने बताएपछि सभापति र महामन्त्रीबीचको सम्बन्ध थप पेचिलो बनेको छ । 

र यो महासमिति बैठकमा जुन उत्साहका साथ नेता कार्यकर्ता आएका थिए । देश भरीका समुदायमा कांग्रेसको अभियानका क्रममा जुन खालको भावनाहरू नेता कार्यकर्ताले तल्लो तहमा व्यक्त गरेका थिए । त्यसलाई समेत समेट्न खोज्दा खोज्दै पनि त्यो भावना विपरीत सभापतिको दबाब निश्चित स्वार्थका लागि मात्र देखिएको भन्दै महामन्त्रीले समेत सभापति प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यस हिसाबले पनि महासमिति बैठक राजनीतिक हिसाबले थप पेचिलो बन्न सक्ने देखिन्छ । भने अर्को तर्फ यो विषयमा सही निष्कर्षमा पुग्न नसके महासमिति बैठक लगत्तै अहिलेको गठबन्धन सरकारको सन्दर्भमा समेत  खड्गो पर्ने संकेत देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ