arrow

कांग्रेस महासमिति बैठक आजदेखि, दुई हजार बढी सहभागी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । आजदेखि नेपाली कांग्रेस महासमिति बैठक शुरु हुदैँछ । 

महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुनेछ । 

 बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले अपराह्न गर्ने कार्यक्रम रहेको छ । 

बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ । 

महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । 

केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ