arrow

प्रदेश-१ को नाम कोचिला, किराँत वा लिम्बुवान राख्न दबाब दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
resham-chaudhary-nagarik-party.jpg

इलाम । नागरिक उन्मुक्ति पार्टीको प्रथम केन्द्रीय सचिवालय बैठक इलामको चुलाचुलीमा आइतबार सम्पन्न भएको छ ।

बैठकले प्रदेश १ को नामकरणलाई लिएर भइरहेको पहिचानवादीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ । प्रदेश सरकारले जवर्जस्त रूपमा नामकरण गरेको कोशी नाम खारेजीको मागसमेत बैठकले गरेको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए ।

पार्टीले प्रदेशको नाम पहिचानका आधारमा कोचिला, किराँत, लिम्बुवान राख्नका लागि पहल गर्ने, नामकरण (कोकिली) बारे पहिचानवादी सङ्घसंस्था र सबै राजनीतिक दलहरूसँग निरन्तर छलफल चलाउने निर्णयसमेत गरेको महासचिव थारुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसै गरी २०८१ मा हुने सङ्घ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनबारे छलफल गरि उम्मेदवार तय गर्ने पार्टीले निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय महासमिति सदस्य विस्तारिकरण समावेशी र समानुपातिक बनाउने निर्णय भएको थारुले बताए ।

यस्तै, भूमिसम्बन्धीको समस्या समाधान र सहकारी पीडितका लागि राहत दिने तथा कानून विपरीत काम गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन तत्कालै विज्ञ टोली गठन गरी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठक पार्टी अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा बसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ