arrow

मधेससँगको सम्बन्ध बढाउनुपर्छ:नेता पौडेल

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
चितवन। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र समावेशिता बचाउनका लागि मधेसका नेतालाई सहमतिमा ल्याउनुपर्ने बताएका छन्  । 
 
तराई अभियानको बुधबार पूर्वी चितवनको खैरहनीबाट सुरु गर्दै उनले मधेससँगको सम्बन्ध बढाएर लैजानुपर्ने बताए  । मधेसप्रतिको दृष्टिकोण सबैभन्दा बढी काँग्रेसको सकारात्मक रहेको भन्दै उनले सरकारले मधेससँगको सम्बन्ध अझै बढाउनुपर्ने विचार व्यक्त गरे। 
 
राज्य पुनः संरचनाको विषयमा मधेसमा देखिएको समस्या समाधान गर्नुपर्ने भन्दै उनले कतिपय सवालमा आयोग बाधक बनेको बताए । आयोगले जनसङ्ख्याको आधारमा पुनःसंरचनाको मापदण्ड बनाउँदा मधेसमा समस्या देखिएको उनको भनाइ थियो । 
 
अभियानले काँग्रेसको सङ्गठन मजबूत बनाउन सहयोग पुग्ने अनुमान गरिएको छ । भोलि मकवानपुरमा, मङ्सिर ३ गते वारा, ४ गते रौतहटमा, ५ गते सर्लाहीमा, ६ गते महोत्तरी र ७ गते धनुषामा तराई अभियान कार्यक्रम गरिने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ