arrow

बारपाकलाई धार्जेमा समावेश गर्नुपर्ने उत्तरी गोरखा तमु समाजको माँग

logo
प्रकाशित २०७३ मंसिर १ बुधबार
barpaktamusamaj.jpeg
काठमाडौं । उत्तरी गोरखा तमु समाजले स्थानीय निकायको पूर्नसंरचना गर्ने नाममा वारपाकलाई सुलिकोट गाविसमा मिसाएर वारपाकको ऐतिहासिक अस्तित्व धरापमा पार्ने काम गरेको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । 
 
बुधबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर उत्तरी गोरखाको बारपाकको ऐतिहासिक अस्तित्व धरापमा पारिएको भन्दै उक्त प्रतिगामी निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको हो । समाजका अध्यक्ष ईमानसिंह गुरुङ्ले बारपाक, लाप्राक, गुम्दा, लापु, केराउँजा, काशीगाउँ र उहिया लगायतका ७ गाविसहरु जातीय, भाषिक, साँस्कृतिक रुपले एउटै समूहहरु र क्लस्टर भएको उल्लेख गर्दै भने,‘पूर्नसंरचना आयोगको मापदण्ड अनुसार पनि जातीय, भाषिक, साँस्कृतिक क्लष्टरहरु टुक्र्याउन पाईदैन, त्यसैले हाम्रो पहिचानलाई निरन्तरता दिन पनि बारपाकलाई प्रस्तावित धार्चे गाउँपालिकामा समोवश गर्नुपर्छ ।’
 
समाजले ६ बुँदे मागहरु अघि सारेको छ । उनीहरुले अघि सारेका मागहरुमा जनसंख्याको आकार मिलाउनको लागि पनि बारपाकलाई धार्जे गाउँपालिकामा समावेश गर्नुपर्ने, उल्लेखित गाविसहरुलाई एउटै गाउँपालिकामा समावेश गर्दा भोलि आउने विवाद पनि अन्त्य हुने, भौगोलिक बनावटलाई मिलाउको लागि पनि बारपाकलाई धार्जे गाउँपालिकामा समावेश गर्नुपर्ने लगायतका छन् । 
 
कार्यक्रममा गोरखा जिल्ला क्षेत्र नं. ३ का सांसद छोम बहादर गुरुङले राजनीतिक दलका नेताले आफ्नो सिट सुरक्षित गर्ने लोभका कारण देशभर पक्षपाति ढंगले स्थानिय संरचना निर्माण भएको आरोप लगाए । सांसद गुरुङले भने,‘उत्तरी गोरखा तमु समाजले जुन मागहरू अघि सारेको छ, यसमा मेरो पुरै सहमती छ, निजि स्वार्थमा परेर स्थानिय निकाय छुट्याएको छ, जारी संविधानमा सुरक्षित अधिकारहरू आयोगले बञ्चित गरेको छ, यसमा देशभर बिरोध भएको छ, म जनप्रतिनिधिको हैसियतमा वारपाक र र्धोजे नजिक भएकोले पनि बारपाकलाई धार्जेमा समावेश गर्नुपर्छ ।’    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ