arrow

कांग्रेस नेताहरूले हिन्दू राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
shankar-bhandari-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो । 

अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार दिउँसो १२ः३० बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।

यसअघि भण्डारीको नेतृत्वमा शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सोमबारदेखि शुरु हुने महासमितिको बैठकमा हिन्दूराष्ट्रको अजेन्डा समेट्न भन्दै सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव पेश गरिएको थियो । 

जसमा २२ कांग्रेसी नेताहरुले हस्ताक्षर गरेका छन् । गत माघ २२ गते भण्डारीको नेतृत्वमा नेपालमा हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियानको घोषणा भएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ