arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कांग्रेस बैठकमा प्रस्तुत प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी [भिडियो]

महासमिति प्रस्ताव शनिबारसम्म सबै सदस्यलाई दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ४ शुक्रबार
congress-meet-11-04.jpg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत प्रतिवेदनहरूलाई अन्तिम रूप दिने गरी दोस्रो दिनको बैठक सकिएको छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको क्रमशः नीतिगत, साङ्गठनिक र राजनीतिक प्रस्तावलाई अन्तिम रूप दिने गरी सकिएको हो । 

कांग्रेसका एक नेताले महासमितिमा प्रस्ताव हुने प्रतिवेदनहरू उपसभापति पूर्णबहादुर खड्काको, द्वय महामन्त्रीको र आर्थिक प्रस्ताव अर्थमन्त्री वा प्रवक्ताको र लेखा परीक्षणको केही प्रतिवेदन केही संशोधन गरेर केही कुराहरू केन्द्रीय कार्यसमितिबाट आएका प्रस्तावलाई मिलाएर लैजाने गरी एकताबद्ध भएर सम्पन्न गरेको बताए ।

उनले भने, ‘आज नेपाली कांग्रेसको महासमिति अघि बस्ने केन्द्रीय कार्यसमितिको बैठक दुई दिन बसेर आज अन्तिम चरणमा पुगेको छ । महासमितिमा प्रस्ताव हुने प्रतिवेदनहरू उपसभापति पूर्णबहादुर खड्काको, द्वय महामन्त्रीको र आर्थिक प्रस्ताव अर्थमन्त्री वा प्रवक्ताको र लेखा परीक्षणको केही प्रतिवेदन केही संशोधन गरेर केही कुराहरू केन्द्रीय कार्यसमितिबाट आएका प्रस्तावलाई मिलाएर लैजाने गरी एकताबद्ध भएर सम्पन्न गरेका छौँ । कांग्रेस एकताबद्ध भएर महासमितिमा एउटै प्रस्ताव सबै साथीहरू प्रस्तुत हुने गरी जानुभएको छ । महासमिति प्रस्ताव शनिबारसम्म सबै सदस्यलाई दिने गरी सकिएको छ ।’

उनले कांग्रेस एकताबद्ध भएर महासमिति बैठकमा प्रस्तुत हुने पनि बताए । उनले महासमिति प्रस्ताव शनिबारसम्म सबै महासमिति सदस्यहरूलाई दिने गरी तयारी भइरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ