arrow

के छ गगन थापाको ४६ पृष्ठको सांगठनिक प्रतिवेदनमा ? [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
gagan-thapa-chitwan-rss.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बिहीबारदेखि शुरु भएको बैठकमा उनले पार्टीभित्रको दुई धारलाई स्पष्टसँग खुलाएका छन् । 

उनले पहिलो आत्मनिन्दा र दोस्रो आत्मश्लाघा रहेकोसमेत उल्लेख गरेका छन् ।  उनले यी दुवै अतिवादी प्रवृति सङ्गठनका निम्ति अत्यन्तै घातक रहेकोसमेत स्पष्ट पारेका छन् । 

उनले त्यसमा थप गहिरिँदै भनेका छन्, ‘पाटीले जे गरिरहेको छ वा जे भइरहेको छ ठीक भइरहेको छैन भन्ने ठहर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ । विगतमा पार्टीले गरेका निर्णय र पछ्याएको बाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिको समेत अपनत्व लिन ऊ धकाइरहेको छ । यो पङ्क्ति एकदमै द्विविधा, निराशा र आत्मनिन्दाले ग्रसित छ ।’

दोस्रो धारबारे पनि स्पष्ट पार्दै उनले भनेका छन्, ‘भरखरै सम्पन्न निर्वाचनहरूमा विजय हासिल गरेर सबैभन्त्दा ठुलो पाटी भएका छौँ, हामी अभेद्य छौँ, हाम्रा चुनौती साना छन् भन्ने अतिरिक्त आत्मश्लघाले ग्रसित देखिन्छ । ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई विरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः  पार्टीमा सबै ठीकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूर भविष्यसमेत सुनिश्चित भएकोमा ऊ ढुक्क छ ।’

उनले पार्टीको अनुशासनमा पनि जोड दिएका छन् । उनले भनेका छन्, ‘पार्टी संगठनलाई विधिसम्मत चलाउन पार्टीको प्रत्येक सदस्य र समितिले विधिअनुसार आफ्नो कर्तव्य एवं जिम्मेवारी पूरा गर्नुपर्दछ र पार्टी अनुशासन पालना गर्नुपर्दछ । पार्टीको विधानले अनुशासन पालनाका सन्दर्भमा केही विधि र संयन्त्र निर्धारण गरेको छ । पार्टी अनुशासन उल्लंघन गर्ने कुनै पनि प्रयासलाई पार्टीले छुट दिनु हुँदैन । सबैले आफ्नो कर्तव्य, जिम्मेवारी र अनुशासनको पूर्ण पालन गर्नुपर्दछ ।’

महामन्त्री थापाले विधानअनुसार २०८२ मंसिरसम्ममा पार्टीको महाधिवेशन गर्नुपर्ने भन्दै त्यसभन्दा अगाडि २०८१ मा विधान अधिवेशन–महासमिति बैठक गर्ने पनि उल्लेख गरेका छन् । 

यस्तो छ उनको ४६ पृष्ठ लामो प्रतिवेदनः 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ