arrow

जनसम्पर्क समिति क्यानडाले विश्व प्रशिक्षण आयोजना गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
canada-janasamparka.jpg

काठमाडौँ । नेपाली जनसम्पर्क समिति क्यानडाले जुलाई २८ र २९ तारिखमा दोस्रो विश्व प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रशिक्षण कार्यक्रममा विश्वभरका जनसम्पर्क समितिका प्रतिनिधिहरूको सहभागिता रहने छ। 

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टको सभापतित्वमा सम्पन्न बैठकले विश्व प्रशिक्षण कार्यक्रममा नेपाली जनसम्पर्क समितिहरूको सहभागिता गराउने निर्णय गरेको जनसम्पर्क समिति क्यानडाका प्रवक्ता खुमजंग बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार कार्यक्रम टोरन्टोमा हुनेछ भने कार्यक्रमलाई सफल बनाउन नेपाली कांग्रेस केन्द्रीय समिति सहित विभिन्न तहलाई पत्राचार गर्ने निर्णयसमेत भएको छ। 

कांग्रेसको केन्द्रीय समितिबाट तोकिने नेता कार्यक्रमको प्रमुख अतिथि हुनेछन् । प्रशिक्षण कार्यक्रममा ६ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । यसअघि विश्व प्रशिक्षण डेनमार्कमा आयोजना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ