arrow

विमानस्थलमा कर्मचारी पिट्ने तीन प्रहरी पुरस्कृत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
tia-karmachari-police.jpg
तस्बिर – माघ २१ को त्यो झगडा ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत माघ २१ गते कर्मचारीमाथि जाइलाग्ने तीन प्रहरीलाई विमानस्थल प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । उनीहरू पुरस्कार किताबखानामा लेखिने गरेर नगदसहित पुरस्कृत भएका हुन् ।

विमानस्थलतर्फको डिपार्चरबाट एराइभलतर्फ आइरहेका अध्यागमन अधिकृत छायालाल मोक्तानलाई जाँच गर्न खोज्दा वाक थ्रु (एक्स–रे) गेट पासको चेकिङमा रहेका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग कुटपिट भएको थियो ।

उक्त विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समितिसमेत बनाइएको थियो । समितिले असई तामाङलाई निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफारिस गरेको थियो ।

यो सिफारिसप्रति विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द असन्तुष्ट हुँदै पदबाट राजीनामा नै दिएका थिए । उनको राजीनामा प्रहरी प्रधान कार्यालयले अस्वीकृत गरेपछि चन्दले कारबाहीमा परेका दुई प्रहरीसहित तीनै जनालाई पुरस्कृत गरेका हुन् । 

उनीहरूलाई विमानस्थलबाट रानीपोखरी काज सरुवा गरिएको छ । चेकजाँचमा असहयोग गर्ने कर्मचारी भने अहिलेसम्म पुरस्कृत भएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ