arrow

निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहन्छ : मिनेन्द्र रिजाल [भिडियो]

एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन सक्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
minendra-rijal-10-23.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले निर्वाचन प्रणाली बदल्न पर्ने आवश्यकता रहेको बताएका छन्।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै रिजालले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहने बताएका हुन् ।

 उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न नसकिने बताए। 

उनले अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए।

उनले भने, ‘मलाई गठबन्धनको बारेमा झगडा त गर्नु छैन । जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त । त्यो भन्दा खराब के होला । ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो,मिनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो । अब हामीले ५ वर्षका लागि सम्झौता गरेका छाँै । पृथ्वीसुब्बा गुरुङले झुक्काउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फेर्यै‍ गर्छौँ बाँकी काम गर्नुपरेन । किनभने हिजो पनि भोट घट्दा सरकारमा पुग्ने बाटो थियो भने आज यता किन हेर्नुपर्‍यो । बालुवाटारको बैठकमा बसेर अर्को नेतासँग कुरा मिल्यो भने सत्ताबाट कसैले निकाल्न सक्दैन नि । त्यो भनेको मलाई सत्ता बाहेक बाँकी सत्य छैन । किनभने गठबन्धन बनाएर चुनाव लड्यौँ । प्रधानमन्त्री को हुने थाहा थिएन । निर्वाचन प्रणाली बदल्नै हुँदैन भन्ने कुरा आएको छ । बदल्नै पर्नै कुरा एउटा मात्रै त्यही हो । निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहन्छ । नारा दिन जानेकै छाँै ।’

नेता रिजालले निर्वाचन प्रणाली बदल्नै पर्ने आवश्यकता रहेको बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ