arrow

कांग्रेस नेता बुढाथोकीको कनकाई नदीमा अन्त्येष्टि गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
kasher-budhathoki.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशबकुमार बुढाथोकीको कनकाई नदीमा अन्त्येष्टि गरिने भएको छ । 

अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकीको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति ११:३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो ।

विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । 

तत्कालीन पञ्चायत कालमै विसं २०४३ मा जनपक्षीय उम्मेदवार बनेर उन राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए । 

नेपाली कांग्रेसको सरकार गठन हुँदा उन सामान्य प्रशासन मन्त्री नियुक्त भएका थिए । जनतामाझ उन निडर र स्पष्ट वक्ता भनेर चिनिन्थे । 

बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेसले समुदायमा कांग्रेस अभियान रोकिएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ