arrow

रहेनन् कांग्रेस अग्रज नेता बुढाथोकी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
kasher-budhathoki.jpg

झापा । नेपाली कांग्रेस अग्रज नेता केशवकुमार बुढाथोकीको निधन भएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका बुढाथोकीको उपचार क्रममा विराट मेडिकल कलेज विराटनगरमा सोमबार राति १० बजे निधन भएको हो l 

उनी संविधान सभा सदस्य समेत रहेका छन् । झापा क्षेत्र नं.५बाट निर्वाचित नेपाली कांग्रेसका सभासद्ले आफ्नो राजनीतिक जीवन चार दशक भन्दा अघि २०२४ सालमा विद्यार्थी आन्दोलन मार्फत शुरु गरेका थिए । 

विद्यार्थी आन्दोलनका क्रममा आफ्ना दाइ, मामाहरू निर्वासनमा गएपछि त्यसबाट प्रेरित भई प्रजातान्त्रिक आन्दोलनमा लागेको बताउने ६३ वर्षीय बुढाथोकीले सो क्रममा नौ महिना जेल जीवन बिताए । 

पञ्चायतमा लागेर युवक सङ्गठनको झापा जिल्ला सभापति हुँदै राष्ट्रिय पञ्चायतमा समेत विजयी बुढाथोकीलाई बहुदलको वकालत गरेको कारण राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यबाट निष्कासित गरेका थिए। 

उनी २०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका थिए । भारतको दार्जिलिङबाट अङ्ग्रेजीमा स्नातक गरेका बुढाथोकीका दुई छोरा र दुई छोरी छन्।

 राजनीति बाहेक अर्को पेशा नभएका बुढाथोकी अध्ययन र समाजसेवामा विशेष रुचि राख्दथे ।

अनवरत जनतासँग रहेर उनीहरूको सुख दुःखमा सहभागी भएकाले जनताले आफूलाई संविधानसभामा पुर्‍याएको बताउने बुढाथोकीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र समावेशी राज्य निर्माण गर्ने मुद्दालाई संविधानसभामा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ