राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको समाचारबारे सचिवालयले जारी गर्यो खण्डन [पत्रसहित]
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
1.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समाचारका सम्बन्धमा अध्यक्षको निजी सचिवालयले खण्डन गरेको छ ।
हाम्राकुरा डटकममा गत माघ १६ गते प्रकाशित समाचारलाई लिएर उनको निजी सचिवालयले खण्डन पठाएको हो ।
हाम्राकुरामा ‘जाने बेलामा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको संदिग्ध भ्रमण’ शीर्षकमा उनको क्यानडा भ्रमण बारेमा समाचार प्रकाशित भएको थियो ।
सोही समाचारका बारेमा उनको सचिवालयले समाचारभित्रका विवरणलाई झुठ, कपोलकल्पित र भ्रामक भनी खण्डन गरेको छ ।
उनको निजी भ्रमणमा उनीसँग स्वकीय सचिव उदय तिमिल्सिना र नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका परशुराम बस्नेतमात्रै क्यानडाको भ्रमणमा गएकोसमेत उल्लेख गरिएको छ ।