arrow

टेरामक्स खरिद प्रकरणमा नाम जोडिएपछि पूर्व सञ्चारमन्त्रीले यसो भने [भिडियो]

स्वस्थ पत्रकारिता गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
gyanbahadur-karki-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स खरिद प्रकरणमा आफ्नो नाम जोडिएको सन्दर्भमा कुनै प्रतिक्रिया नभएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री कार्कीले टेरामक्स खरिद प्रकरणको सन्दर्भमा आफ्नो नाम जोडेर अफवाह फैल्याइएको बताएका हुन् । 

उनले यस सन्दर्भमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताउनु भयो । उनले स्वस्थ पत्रकारिता गर्न आग्रह समेत गरे ।

उनले भने – ‘म अफवाहको भरमा, मेरो यसमा कुनै प्रतिक्रिया छैन । र तपाईहरुलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु । केही कुरा भए म पछि तपाईहरुसँग कुरा गर्नेछु । तपाई अनुसन्धान गर्नुस् जानुस् ।’

‘तपाईप्रति किन अफवाह फैलाइयो त ?’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा पूर्वमन्त्री कार्कीले त्यसमा तपाई आफैँ अनुसन्धान गर्नुस् भन्ने जवाफ फर्काए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ