arrow

ओखलढुङ्गा कांग्रेसमा महासमिति सदस्य छनौट

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
nepali-congress-flag.jpg

ओखलढुङ्गा। जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । 

विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो । 

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर बिक चयन भएको कांग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गानाले बताए । 

सहमतिको अधिकतम प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यको नामावली टुङ्ग्याएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ