arrow

समुदायमा कांग्रेस अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्न : आङ्देम्बे

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
bhisma-raj-Angdambe-nepali-congress.jpg

खलङ्गा । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले शुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्नका लागि भएको बताएका छन् । 

यस अभियानबाट जागरण र परिवर्तन आउनेमा उनले विश्वास व्यक्त गरे । नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको यो अभियान भीडसँगको कार्यक्रम नभई जनतासँगको कार्यक्रम भएको स्पष्ट पारे ।

सहमहामन्त्री आङ्देम्बेले अन्य दलले निर्वाचनलाई मिसन बनाउँदा यो हविगत भएको स्मरण गर्दै नेपाली कांग्रेसले अद्यावधिक निर्वाचनलाई मिसन नबनाई जनताका माग र समस्यालाई मिसन बनाएको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ