arrow

कांग्रेस संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
congress-parliamentary-meeting.jpg

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक आज अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । 

संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ