arrow

सन्त नेता भट्टराई नेपाली राजनीतिमा निष्ठा र त्यागको प्रतिमूर्ति  [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
purnabahadur-khadka-10-18.jpg

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले पूर्व प्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्त नेता भट्टराई सधैँ प्रेरणाको श्रोत भएको बताए । उनले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उन सँगको सामीप्यमा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे । 

सरकारले खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको बताएका छन् । उनले नेपाली खेलाडीहरूले देशको शिर विश्वमा उच्च बनाएको बताए । उनले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सन्त नेता कृष्णप्रसाद भट्टराईलाई समर्पण, त्याग, सत्याग्रहको मूर्ति, देश जनताप्रति निष्ठा भाव, समर्पण भावले राजनीतिमा लाग्ने राजनीतिकर्मीले कसरी आफ्नो जीवनलाई अघि बढाउँछ भन्ने कुराको उपमा, एउटा प्रेरणा र प्रतीकको रूपमा सिंगो आफ्नो जीवनलाई देश र जनताकाप्रति अर्पण गरेर आज आफ्नो जीवनपर्यन्त पनि ती सबै गुणहरूबाट राजनीति गर्नेहरूलाई खेलाडीहरूलाई, खेलप्रेमीहरुलाई विभिन्न व्यवसाय विधामा जीवन बिताउनेहरूलाई सबै खालको प्रेरणा दिइराख्ने अद्वितीय, अतुलनीय व्यक्तित्व हुनुहुन्थ्यो ।’ 

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ