arrow

‘समुदायमा कांग्रेस अभियान’ मा केन्द्रीय नेताहरु को कहाँ ? [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
samudayma-congress-2080-10-.jpg

काठमाडौँ । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’ शनिबारदेखि शुरु भएको छ। स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने, जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिनका लागि यो अभियान निकै नै प्रभावकारी हुने दाबी गरिएको छ । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाबाट यो अभियानको शुरुआत गरेका हुन् । सो क्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेल पनि सहभागी भएका छन् । 

यो अभियानले पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिन मद्धत गर्ने बताइएको छ ।

यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू नरहने बताइएको छ । त्यस्तै खटिएका नेताहरुले बोल्ने भन्दा पनि स्थानीयका गुनासा सुन्नेछन् । 

अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिएका छन् । केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६७४३ वटै वडामा प्रतिनिधिहरू खटिनेछन् ।

अभियान माघ २६ गतेसम्म चल्ने कांग्रेसले बताएको छ।

यी हुन् स्थानीय तहमा खटिएका केन्द्रीय नेताहरु –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ