arrow

विश्वमा दुईओटा मात्र पोथी सेतो गैँडा, पहिलोपटक आईभीएफबाट गर्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
chitwan-rhino.jpg
तस्बिर – फाइल ।

केन्या । गैँडामा पहिलो सफल भ्रुण स्थानान्तरण भएको छ । जुन भ्रुण स्थानान्तरणले उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको छ । संसारमा अब दुईओटा उत्तरी सेतो गैँडा मात्र बाँकी छन् तर ती दुवै पोथी रहेका छन् ।

तर अब तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आईभीएफ प्रविधिवाट गैँडालाई गर्भवती बनाएका छन् ।

बायो रेस्कु प्रोजेक्टलेृ भनेको छ, ‘गैंडामा विश्वको पहिलो सफल भ्रुण स्थानान्तरण भएको छ, यो ठूलो उपलब्धि हो, उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ ।’

उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । भनेको छ, ‘गैडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरणले उत्तरी सेतो गैंडालाई लोप हुनबाट जोगाउने मार्ग प्रशस्त गरेको छ। वैज्ञानिक र संरक्षणवादीहरूको अन्तर्राष्ट्रिय संघ, भ्रूण स्थानान्तरण पछि गैंडाको विश्वको पहिलो गर्भ प्राप्त गर्न सफल भएको छ ।’ 

उसका अनुसार गत सेप्टेम्बर २४, २०२३ मा केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा सेतो गैँडाको भ्रूण भिट्रोमा सङ्कलन गरिएको अण्डाकोष र शुक्रकीटबाट उत्पादन गरी दक्षिणी सेतो गैँडा सरोगेट आमामा सारिएको थियो। 

उसका अनुसार बायोरेस्क्यु टोलीले ७० दिनको गर्भ रहेको पुष्टि गर्‍यो। ६.४ सेमी लामो पुरुष भ्रुण विकसित भएको छ । सफल भ्रुण स्थानान्तरण र गर्भावस्था अवधारणाको प्रमाण हो र अब सुरक्षित रूपमा उत्तरी सेतो गैँडा भ्रुणको स्थानान्तरणमा जान अनुमति पाएको छ ।

समग्रमा सेतो गैँडाको संख्या घट्दै जानुमा मुख्यतया सिकारीको कारण मानिएको छ । शिकारीको कारणले गर्दा उनीहरुको जनसंख्या घटेको इन्टरनेशनल राइनो फाउन्डेसनले जनाएको छ।

केवल दुई उत्तरी सेतो गैँडा संसारमा बाँकी छन्  । र, उनीहरूको केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा ७०० एकडको घेरामा बस्छन्, जहाँ तिनीहरूलाई २४ घण्टा सशस्त्र सुरक्षा दिएर राखिएको छ ।

सेतो गैँडालाई लोप हुनबाट बचाउने अभियानको आधारशिलाको रुपमा यस अभियानलाइ हेरिएको सो संस्थाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ