arrow

गण्डकीमा कांग्रेसको स्थापना दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
congress-gandaki-shiromanibaral.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकाहरुलाई बधाई ज्ञापन गरेको छ । बिहीबार भएको निर्वाचनबाट पार्टीका महामन्त्रीसमेत रहेका गोरखाका किरणबाबु श्रेष्ठ, तनहुँका नेता पदमबहादुर परियार र माओवादी केन्द्र पर्वतका नेता मनरुपा शर्मा विजयी भएका थिए ।

कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा उनीहरुलाई बधाई ज्ञापन गरिएको पार्टीका प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

नेपाली पार्टीका केन्द्रीय सदस्य किरण पौडेल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले विजयी राष्ट्रियसभा सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य पौडेलले प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको बताए ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमले राजनितिक दलहरु बीचमा मेलमिलापको आवश्यकता बढेको स्पष्ट पारे । साथै उनले प्रमुख पार्टीप्रति जनताको वितृष्णा बढेको देखिएकोले पार्टीको जिम्मेवारीमा रहेकाहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनता र देशलाई केन्द्रमा राखेर सबैले काम गर्नुपर्नेमा जोड दिए । पार्टी स्थापना भएको ७८ बर्षसम्म आइपुग्दा धेरैले ज्यानको बलिदानी दिएको भन्दै उनले शान्ति स्थिरता र विकासका लागि आगामी दिनमा पनि कांग्रेसको भूमिका अझ धेरै बढेको बताए ।

सभापति शर्माले नेपाली जनतालाई सर्वोपरी राख्दै संविधानको मर्म र भावना अनुसार साझा एजेण्डा तयार गरेर पार्टीहरु अघि बढ्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरू किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियार, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य टीकाराम पौडेल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराल, नेकपा माओवादी केन्द्रका गुणखर बस्याल, पूर्वमन्त्री यज्ञबहादुर थापा, राष्ट्रियसभा सदस्य कमला पन्त, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, नेका गण्डकी प्रदेशका उप-सभापति मेखलाल श्रेष्ठ र कल्पना तिवारी, प्रदेशका महामन्त्री बिष्णु प्रसाद लामिछाने लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ