arrow

कास्कीलाई अन्याय गरेर कांग्रेस बलियो हुँदैन : उपसभापति कुँवर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
yubraj-kunwar-congress-kaski-haripanta.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवरले कास्की कांग्रेसमाथि केन्द्रबाट सधैँ अन्यायमा पारिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

कास्की कांग्रेसको जिल्ला सम्मेलनमा उपसभापति कुँवरले पार्टी सभापति देउवाकै अगाडि यस्तो बताएका हुन् ।

कास्कीलाई सधैँ अन्याय गरेर कांग्रेस अघि बढ्न नसक्ने भन्दै उनले यसतर्फ विशेषगरि सभापति देउवाकै ध्यान जानुपर्नेमा जोड दिए ।
गण्डकीमा कांग्रेस बलियो बनाउने हो भने कास्कीलाई न्याय दिनुपर्ने उनको भनाइ थियो ।

उनले प्रश्न गरे, “२०७९ सालमा कास्की कांग्रेसमाथि अन्याय भएको छ सभापतिज्यू, ९ वटा सिटमा गठवन्धनमध्ये ९५ प्रतिशत मत भएको कांग्रेसले ४ सिट मात्र पाउँदा कति न्याय भयो ?”

अब यस्तो अन्याय कहिल्यै नगर्न पनि उनले चेतावनी दिए । “गण्डकी प्रदेश अन्तर्गत कास्की जस्तो ठाउँमा मन्त्री दिइँदैन, राष्ट्रियसभामा दिइँदैन, गण्डकीलाई बलियो बनाउने, कांग्रेसमय बनाउने हो भने कास्की कांग्रेसको संगठन बलियो बनाउन पर्दछ, यसमा केन्द्रीय सभापतिले न्याय गर्न आवश्यक छ”, उनले भने ।

आफूलाई ल्याउ भन्दा पनि अरुलाई नदेउ भन्ने खालको प्रवृत्ति कास्कीमा पनि रहेको भन्दै अब यसको अन्त्य हुन आवश्यक रहेको कुँवरले बताए ।

कास्की कांग्रेसको सम्मेलन उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सहमहामन्त्री जीवन परियार, पूर्व महामन्त्री डा. शशांक कोइराला, नेता प्रदीप पौडेल, नेता अर्जुन जोशी, यज्ञबहादुर थापा लगातका नेताहरु सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ